Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


एक वर्षीया बालिका ‘स्नोबोर्ड’मा, अब साहसिक खेल ‘सर्फिङ’ खेल्ने (भिडियो)


0
Shares

आफ्नो पहिलो जन्मदिन मनाउनु दुई दिनअघि गत शनिबार रोलीले बाइसस्थित बोगस बसिनको हिउँमाथि स्नोबोर्ड खेल खेलेकी हुन् ।

रोलीको आमाबाबु नीक र व्हेटनी रालीले उनलाई स्नोबोर्डमाथि चढाएर स्की खेलाउनका लागि आफ्नै घर वरीपरी स्नोबोर्डमाथि चढ्न सिकाएका थिए ।

एक वर्ष नपुग्दै स्नोबोर्डमा विलक्षण क्षमता देखाएकी रोलीले अर्कोपटक कस्तो खेल खेल्नेछिन् भन्ने बीबीसीको प्रश्नमा उनका आमाबाबुले भनेका छन्, ‘अब रोलीले पानीमा खेलिने एकप्रकारको साहसिक खेल ‘सर्फिङ’ खेल्नेछिन् ।’

आगामी फेब्रुअरीमा कोस्टारिको भ्रमणमा जाने योजनामा रहेका रोली परिवारले उनीहरुको छोरी क्यासलाई पहिलोपटक ‘सर्फिङ’ खेल खेलाइने एबीसी न्यूजलाई बताएका छन् । एजेन्सी

भिडियो हेर्नुस्