Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सशस्त्र प्रहरी बल नेपालका गोताखोरहरुलाई निःशुल्क दुर्घटना बीमा


0
Shares

विपद व्यवस्थापनको कार्यमा सशस्त्र प्रहरी कर्मचारीहरुले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ४४ औं स्थापना दिवसको अवसर पारेर एपीएफका गोताखोरहरुको निःशुल्क विमा गरेको हो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.को प्रमुख आतिथ्यमा आइतबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई निःशुल्क बीमा पोलिसी हस्तान्तरण कार्यक्रममा उक्त इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. प्रणव सेनले गोताखोरहरुलाई प्रमाणपत्र प्रदान गरे ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले देश र जनताको सेवालाई मूलमन्त्र सम्झिएर संगठन विपद व्यवस्थापन लगायत प्राप्त जिम्मेवारीहरु उत्कृष्ट ढंगबाट पूरागर्न अनवरत रुपमा क्रियाशिल रहेको चर्चा गर्दै विपद व्यवस्थापनको कार्यलाई दिर्घकालीन योजनाका साथ चरणबद्ध रुपमा अगाडि बढाउँदै आएको उल्लेख गरे ।

उनले परम्परागत उद्धार कार्यमा सुधार गर्र्दै सशस्त्र प्रहरी बल नेपाल आधुनिक ढंगबाट उद्धार कार्यमा परिचालित हुँदै आएको बताउँदै यसै शिलशिलामा संगठनका अधिकृत तथा जवानहरुले मित्रराष्ट्र बंगलादेशबाट डिप वाटर डाइभिङ (गोताखोर) तालिम हासिल गरेको चर्चा गरे ।

विपद व्यवस्थापनको कार्य एकल प्रयासमा मात्रै सम्भव नहुने कुरालाई हृदयंगम गर्दै संगठनले सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र सहकार्य गर्दै दायित्व निर्वाह गरिरहेको चर्चा गर्दै उनले गोताखोरहरुलाई इन्स्योरेन्स कम्पनीले गरेको निःशुल्क बीमा कार्यक्रमबाट सशस्त्र प्रहरी कर्मचारीहरुको हौसला अभिबृद्वि हुने विश्वास व्यक्त गरे ।

सो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. प्रणव सेनले विपद व्यवस्थापनको क्षेत्रमा व्यावसायिक कार्यकुशलता प्रदर्शन गर्दै आएको सशस्त्र प्रहरी बल नेपालका गोताखोरहरुलाई कम्पनीको स्थापना दिवसको अवसरमा एक वर्ष अवधिको निःशुल्क बीमा प्याकेज ल्याइएको बताए ।

उनले जोखिमयुक्त मात्र नभएर हरेक कार्यका लागि बीमा कार्यक्रम महत्वपूर्ण रहेको चर्चा गर्नुहुँदै व्यक्तिगत रुपमा समेत बीमा जरुरी रहको उल्लेख गरे ।

सो कम्पनीले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत २० जना सशस्त्र प्रहरी अधिकृत, विल्लादार तथा जवानहरुको लागि प्रति व्यक्ति दुई लाख रुपैयाँको दरले निःशुल्क रुपमा व्यक्तिगत दुर्घटना बीमा गरेको हो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत तथा उक्त बीमा कम्पनीका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।