२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025


कारागारमा रहेका साउदी राजकुमार बिन तलालसँग ६ खर्ब धरौटी माग


0
Shares

भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका राजकुमार बिन तलालसँग अदालतले ६ अर्ब अमेरिकी डलर (करिब ६ खर्ब रुपैयाँ) भन्दा बढी धरौटी मागेपछि उनको स्वामित्वमा रहेको कम्पनीको ठूलो हिस्सा सुम्पनु पर्ने बताइएको छ ।

बिन तलालको ‘किङडम होल्डिङ’ कम्पनीको बजार मूल्य ९ अर्ब अमेरिकी डलर मानिएको छ । ६२ वर्षीय बिन तलाल विश्वकै धनी व्यक्तिहरु मध्ये एक हुन् ।

‘वालस्ट्रिट जर्नल’का अनुसार अर्बपतिहरुको सूचीमा ५७ औं नम्बरमा रहेका उनको सम्पत्ति १८ अर्ब अमेरिकी डलर रहेको छ । साउदीका राजकुमारहरु, मन्त्रीहरु र अर्बपतिहरुसहित दर्जनौं उच्च ओहोदाका व्यक्तिहरुलाई केही समयअघि भ्रष्टाचार आरोपमा पक्राउ गरेर जेलमा राखिएको छ ।

३२० जनालाई सोधपुछका लागि बोलाइएको थियो । जसमध्ये १५९ जना अहिले पनि कारागारमा छन् । साउदी अरबको इतिहासमा तलालसँग मागिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो धरौटी रकम हो । एजेन्सी