Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


टिपरको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु


0
Shares

पात्लेखेतबाट पोखरातर्फ आउँदै गरेको ग. ७ प. ७९७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना. ६ ख. ९००५ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने पुरुञ्चौर–१९ का १३ वर्षीय सविन बास्तोलाको मुत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका बास्तोलाको फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बास्तोला भारती भवन उच्च माविमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् । रासस