Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


गृह मन्त्रालयको टोली पुगेपछि कालिकोटमा लगाइएको कर्फ्यु हट्यो


0
Shares

७ गते प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालिकोटमा सोही दिनबाट नै कर्फ्यु लगाइएको थियो ।

घटनामा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो । पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेर आन्दोलन चर्काएपछि कर्फ्यु लगाइएको थियो ।

घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव डा.मानबहादुर विकको संयोजकत्वमा सरकारले गठन गरेको समिति कालीकोट पुगेपछि कर्फ्यु हटाइएको हो । समितले आज नै दुवै पक्षवीच छलफल गर्ने जनाएको छ ।

कर्फ्यु हटाइएको भए पनि जिल्ला प्रशासन कार्यालय आसपासमा भने निषेधित क्षेत्र कायमै राखिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जानकारी दिएको छ ।

मृतक परिवारलाई सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय यस अघि नै गरिसकेको छ ।