
काठमाडौं, पुस ३ । विभिन्न क्षेत्रका बुद्धिजीवीहरुले नेपाल राजनीतिकरुपमा गुटबन्दी र स्वार्थको सिकार भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
डा. डिल्लीरमण रेग्मीको १०६औं जन्मजयन्तीको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रमका सहभागीहरुले गुटबन्दी र स्वार्थको राजनीतिले देश अगाडि बढ्न नसकेको बताए ।
स्व. रेग्मी शान्ति, अहिंसा, मानवीय मूल्य–मान्यतामा जीवन पर्यन्त अडिग रहेको भन्दै उनीहरुले मरणोपरान्त भएपनि रेग्मीलाई सम्मान गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्