२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


एक्लिएपछि अमेरिकाद्वारा राष्ट्रसंघलाई दिंदै आएको बजेटमा कटौती


0
Shares

इजरायलको राजधानी जेरुसेलम मान्नुपर्ने अमेरिकी निर्णयमा भएको मतदानमा बाँकी विश्वले अमेरिकाविरुद्ध मत दिएपछि ट्रम्प प्रशासनले राष्ट्रसंघलाई दिने रकम नै कटौति गर्ने घोषणा गरेको हो ।

जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिनुपर्ने ट्रम्पको निर्णयमा अमेरिका एक्लिएको थियो ।

राष्ट्रसंघमा मतदान हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्णयमा नसघाउनेहरुको सहयोग रोक्ने चेतावनी दिएका थिए ।

राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधि निकी हेलीले राष्ट्रसंघलाई दिइने सन् २०१८/१९ को बजेटमा २८५ मिलियन डलर कटौती गर्ने जानकारी दिएका हुन् ।

उनले राष्ट्रसंघको व्यवस्थापन र सहयोगी मिसनमा पनि कटौती गरिने जानकारी दिए ।

राष्ट्रसंघले चाहिएभन्दा बढी खर्च गर्ने गरेको भन्दै हेलीले अमेरिकी जनताको सदासयताको फाइदा उठाउन हामी दिन्नौं भने । कति रकम कटौति गर्ने भन्नेचाहिं अझै खुलाइएको छैन । (एजेन्सी)