Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


नेपाल जेसीजको अध्यक्षमा श्रीधर बश्याल निर्वाचित


0
Shares

बश्यालले ६४८ मत प्राप्त गरे भने उनका निकटम् प्रतिस्पर्धी महेश पौडेलको ६३९ मत रहेको छ ।

बश्याल नवलपरासीको रामग्राम जेसीजका पूर्वअध्यक्ष तथा पौडेल इटहरी जेसीजका पूर्वअध्यक्ष हुन् ।

पुस ८ देखि १०सम्म भैरहवामा चलेको नेपाल जेसीजको ४४औं राष्ट्रिय महाधिवेशनले आगामी एक वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

चार उपाध्यक्षमा रश्मी शिल्पाकार, अशोक शंकर, पदमबहादुर सिंह र विकाश मानन्धरलाई चुनेको छ ।