२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


कस्मिरमा पृथकतावादी समूह ‘जैस-ए मोहम्मद’का वरिष्ठ कमान्डर मारिए


0
Shares

भारतीय अर्धसैन्य बलसँग भएको गोली हानाहानमा नूर मोहमद त्यान्त्रेको मृत्यु भएको हो ।

श्रीनगरबाट करिब २८ किलोमिटर दक्षिणमा रहेको पुल्वाना जिल्लाको समबोरा गाउँमा गोली हानाहान भएको बताइएको छ ।

विशेष गुप्तचरको सूचनाअनुसार सो क्षेत्रमा अर्धसैन्य बलले कारबाही शुरु गरेको थियो ।

पृथकतावादी समूहको कमान्डर त्यान्त्रेले श्रीनगर जम्मुको राजमार्गका कतिपय क्षेत्रमा आक्रमणको योजना बनाएको सूचना प्रहरीले पत्ता लगाएको थियो ।

कारबाहीका क्रममा एक जना प्रहरीसमेत घाइते भएका छन् ।

त्यान्त्रे मारिएको समाचार सार्वजनिक भएपछि कस्मिरमा प्रदर्शन भएको छ । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ ।(एजेन्सी)