Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


चैनपुरमा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सुरु


0
Shares

जयपृथ्वी नगरपालिकाले नगरपालिका क्षेत्रभित्र सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालेको हो ।

बर्र्षौंदेखि सडक मिचेर बनाइएका घरटहरा हटाउन नगरपालिकाले आग्रह गर्दै आए पनि स्थानीयले अटेर गरेका कारण भत्काउन थालिएको मेयर विरेन्द्र खड्काले जानकारी दिए ।

वडा नं. १० का वडाअध्यक्ष दलबहादुर विष्टको नेतृत्वमा टहरा हटाउन समिति समेत गठन गरिएको छ ।

टहरा र भवनभित्र भएका सामान हटाउनका लागि सचेत गराउन र ठाउँ खाली गर्न अहिले छानामा मात्रै क्षति गराएको र अबको केही दिनपछि सबै टहरा पूर्णरुपमा भत्काइने मेयर खड्काले जानकारी दिए ।

नगरपालिकाले अतिक्रमण गरी बनाईएका संरचना हटाउन थालेपछि व्यवसायीले विरोध गर्दै बजार बन्द गराएका छन् ।