
लैंंगिक तथा महिला हिंसा र उमेर नपुग्दै विवाह गरिनेबारे सचेतना जगाउने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताइएको छ । महिलाविरुद्ध हुने हिंसा, उमेर नपुगेरै गरिने विवाहको कारण, त्यसको असर तथा रोकथामको उपाय र यस्ता समस्या भए उजुरी गर्न कहाँ जाने भन्ने विषयमा जानकारी गराउने उद्देश्यले मेला आयोजना गर्न लागेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए ।
युएनएफपीएको सहयोगमा इक्वल एक्सेस नेपाल, सञ्चारिका समूहको आयोजना तथा भुमेश्वर सामुदायिक विकास संघको सहयोगमा कार्यक्रम गरिदैंछ ।
यस्तै मेलामा गीतसंगीत, सडक नाटक, दोहोरी, कविता, चुट्किला, मुक्तक वाचन गरिने उनले बताए ।
बैतडीमा अझै महिलामाथि विभिन्न किसिमका हिंसा भइरहेकाले जनचेतना जगाउनका लागि कार्यक्रम आयोजना गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्