
शुल्कवृद्धि घटाउनुपर्ने, प्रयोगशाला, खेलकुद सामग्री, पर्खाल निर्माणलगायत मागलाई पटक–पटक अघि सार्दासमेत प्रशासनले बेवास्ता गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको विद्यार्थीको भनाइ छ ।
क्याम्पस प्रमुख विमला शाक्य र प्रशासन कार्यकक्षमा तालाबन्दी गरिएको हो । तालाबन्दीसँगै प्रशासनको कामकाज र पठनपाठनसमेत ठप्प भएको छ ।
क्याम्पस प्रमुख विमला शाक्यले आफूलाई विद्यार्थीका मागबारे जानकारी नभएको भन्दै जायज माग पूरा गर्ने बताइन् ।
विद्यार्थीहरुले माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्