Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


पत्रकार भुसालको निधनबारे छानबिन गर्न गृहसचिवको निर्देशन


0
Shares

गत मंसिर १४ गते नवलपरासीको दाउन्नेमा सवारीका दुर्घटनामा परी उपचारकाक्रममा ललितपुरको मेडिसिटीमा अस्पतालमा २३ गते भुसालको निधन भएकामा परिवारले घटनालाई रहस्यमय भएको जनाएको भन्दै शिक्षा पत्रकार समूहले सचिव सापकोटालाई बुधबार सिंहदरबारमा लिखित ध्यानाकर्षण गराएको थियो ।

ध्यानाकर्षणपछि सचिव सापकोटाले नवलपुरका प्रमुख जिल्ला अधिकारी शम्भु मरासिनीलाई तत्काल आवश्यक छानबिन गराउन निर्देशन दिएका हुन् ।

भुसाल शिक्षा पत्रकार समूहका केन्द्रीय सदस्य र नवलपुर एफएमका प्रबन्ध निर्देशक थिए ।

समूहका अध्यक्ष दीपक दाहालसहितको प्रतिनिधिमन्डलले ध्यानाकर्षणपत्र दिँदै भुसालले चलाएको मोटरसाइकलमा कुनै क्षति नभएको, पछाडि बस्ने व्यक्तिलाई पनि केही नभएको तथा कुन गाडीले ठक्कर दिएको भन्नेसमेत हालसम्म किटान नभएकाले दुर्घटनालाई शंकास्पद मानिएको बताए । रासस