Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


इन्धन चोरी प्रकरण : १२ ट्यांकरको पिडिओ रोक्का


0
Shares

काठमाडौं, पुस ३ । नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ ढुवानी गर्ने १२ वटा ट्यांकरको प्रडक्ट डेलिभरी अर्डर (पिडिओ) रोक्का गर्ने निर्णय गरेको छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट निगमको विराटनगर डिपोमा डिजेल ल्याएको ट्यांकरबाट २५ सय लिटर डिजेल बीच बाटोबाटै चोरी भएपछि उक्त ट्यांकरका सञ्चालक शुकदेव सिंहका १२ ट्यांकरलाई चार महिना पिडिओ नदिने निर्णय गरेको निगमले जनाएको छ ।

समितिले डिजेल चोरी भएको को१ख ४९६५ नम्बर ट्यांकरको निगमसँगको करारसमेत रद्द गर्ने सोमबार निर्णय गरेको हो । उक्त ट्यांकरका चालक धर्मेन्द्र शाहलाई भविष्यमा इन्धन ट्यांकर गुडाउन अयोग्य ठहर गर्नेसमेत निर्णय गरेको छ । –नागरिक दैनिकबाट