काठमाडौं, पुस २ । नेपाली कांग्रेसको महासमिति बैठकमा सोमबार पनि विधान संशोधन मस्यौदाको प्रस्ताव पेस हुन सकेन ।
केन्द्रीय कार्यसमिति बैठकबाट विधान मस्यौदामा सहमति जुटाएर महासमिति बैठकमा पेस गर्ने भनिएकोमा केन्द्रीय समिति बैठक नै बस्न नसकेपछि विधान संशोधनको मस्यौदा पनि पेस हुन नसकेको हो ।
स्रोतकाअनुसार पार्टीमा सभापतिसहित कोषाध्यक्ष र प्रवक्ता एक/एकजना तथा उपसभापति, महामन्त्री र सहमहामन्त्री दुई/दुईजना राख्न नेताहरुबीच सहमति भइसकेको छ ।
उक्त प्रस्तावमा सहमति जुटे कांग्रेसमा पदाधिकारी संख्या ९ पुग्ने छ । तर, निर्वाचन पद्धतिबारे भने अझैपनि नेताहरुबीच मतभेद कायमै छ ।
पार्टी सभापति शेरबहादुर देउवा पक्षधरका नेताहरु निर्वाचित पदाधिकारीको संख्या बढाउने पक्षमा छैनन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले सबै निर्वाचित हुनुपर्ने अडान लिएका छन् ।
विधानमै सहमति जुट्न नसकेकाले कांग्रेस महासमिति बैठक लम्बिने भएको छ ।









प्रतिक्रिया दिनुहोस्