Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


नेप्से १५ अंकले बढेर ११ सय ८२ विन्दुमा


0
Shares

काठमाडौं, पुस २ । सोमबार पनि पुँजीबजारमा दोहोरो अंकको सुधार आयो ।

यसदिन सेयरबजार परिसूचक नेप्से १५ अंकले बढेर ११ सय ८२ विन्दुमा पुग्यो । आइतबार पनि नेप्से १९ अंकले बढेको थियो ।

यसदिन व्यापार समूहबाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आएपछि नेप्से बढेको हो ।

निर्जीवन बिमा समूह सबैभन्दा उच्च २२० अंकले उक्लियो भने जीवनबिमा समूह पनि १९५ अंकले बढ्यो ।

यसदिन १५९ कम्पनीका १२ लाख ६० कित्ता सेयर ४२ करोड तीन लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।