Logo ८ असार २०८३, सोमबार | Tue Jun 23 2026


अध्यादेशबारे प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीसँग राष्ट्रपतिको छलफल


0
Shares

दुई महिना अगावै सरकारले राष्ट्रिय सभा गठनसम्बन्धि अध्यादेश राष्ट्रपति कार्यालयमा पठाए पनि अहिलेसम्म जारी नहुँदा सरकार गठन प्रक्रिया नै अन्यौलमा परेको छ । अध्यादेश जारी गर्ने सिलसिलामै राष्ट्रपति भण्डारीले शुक्रबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई आफ्नै कार्यालयमा बोलाएर परामर्श गरेकी छन् ।

देउवा कांग्रेस कार्यसम्पादन समितिको बैठक बीचैमा रोकेर राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए भने त्यसअघि ओलीले भण्डारीसँग भेट गरेका थिए ।

सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेशमा उल्लेख भएको एकल संक्रमणीय प्रणालीको सट्टा बहुमतीय प्रणाली राख्न प्रमुख प्रतिपक्षी एमालेले माग गर्दै आएको छ भने कांग्रेस सरकारले पेश गरेको अध्यादेशका पक्षमा छ ।

माओवादी केन्द्रसहितका अरु दल पनि राष्ट्रपतिले अध्यादेश जारी गरेर सरकार गठनको बाटोमा लाग्नुपर्नेमा देखिएका छन् ।