करुणा फाउन्डेसन नेपालको आह्वानमा अपाङ्गता भएका व्यक्तिले र्याली निकालेका हुन् । प्रज्ञा भवनवाट निकालिएको र्याली नगरको विभिन्न ठाउँको परिक्रमापछि लैनचौरमा पुगेर सकिएको थियो ।
यसअघि आयोजित कार्यक्रममा सहभागीहरुले ठाउँ ठाउँमा निर्माणाधीन सडकका कारण आफुहरु ठूलो समस्यामा परेको गुनासो गरेका थिए । उनीहरुले चाडै समस्याको समाधान गर्दै अपाङ्गता मैत्री संरचना बनाउन माग गरे ।
यसैगरी भवन, सार्वजनिक स्थल लगायतका क्षेत्र आवश्यकताअनुसार सहज बनाउनुपर्नेमा उनीहरुले सरकारको ध्यानाकर्षण गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्