Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


सेयर लगानीकर्ता दबाब समूहद्वारा आमरण अनशन सुरु, अर्थमन्त्रीको राजीनामा माग


0
Shares

काठमाडौं, पुस २ । सेयर लगानीकर्ता दबाब समूहले अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल धितोपत्र बोर्डका अध्यक्ष, गर्भनर, बिमा समितिका अध्यक्षको बर्खास्तीको माग गर्दै सोमबारदेखि नेपाल स्टक एक्सचेन्जको कार्यालयअगाडि आमरण अनशन सुरु गरिएको छ ।

सेयर लगानीकर्ता दबाब समूहले आफ्नो माग पूरा नभएसम्म अनशन नतोड्ने चेतावनी दिएको छ ।

कारोबार लुकाइएको, लगानीकर्तालाई झुक्याउने काम सरकारले गरेको आरोप उनीहरुले लगाएका छन् ।

सेयरबजारमा मौलाइरहेको माफियातन्त्र हटाइनुपर्ने उनीहरुको माग छ ।

दबाब समूहले बजारमा सुधार नआएसम्म अनशन जारी राख्नेसमेत चेतावनी दिएको छ ।

सेयर लगानीकर्ताहरुले पुँजीबजारको सुधार र विस्तारका लागि भन्दै मंसिर २३ गतेबाट रिले अनशन सुरु गरेका थिए ।