Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


पर्याप्त स्रोत र साधनको अभावमा प्रभावकारी काम हुन सकेन : मुख्यमन्त्री पौडेल


0
Shares

ललितपुर, पुस २ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय तहको काम प्रभावकारी हुन नसकेको स्वीकार गरेका छन् ।

ललितपुरमा सोमबार ललितपुर महानगरपालिकाको शतबार्षिकी कार्यक्रम उद्घाटन गर्दै उनले पर्याप्त स्रोत र साधनको अभावमा काम प्रभावकारी हुन नसकेको बताए ।

तीन तहका सरकारबीच समन्वयको अभाव हुँदा काम गर्न समस्या भएको उनको भनाइ थियो ।

पौडेलले प्रदेश सरकारले अझै पनि संघीय सरकारको मुख ताक्नु पर्ने अवस्था रहेको गुनासो गरे ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जनचाहनाअनुसारको काम हुन नसकेको बताए । उनले सबै महानगरपलिकाबीच समन्व गरेर अगाडि बढे बिकास निर्माणको कामलाई गति दिन सकिने बताए ।