Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


‘स्वास्थ्य क्षेत्रमा नयाँ चुनौती थपिएका छन्’


0
Shares

शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले थपिएका नयाँ चुनौतीको सामना गरी अगाडि बढ्न सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले भनिन्, ‘संघीयतामा कर्मचारी संयोजन गर्नुपर्नेछ, मन्त्रालयमा के कति विभाग महाशाखा निश्चित गर्नुछ, त्यसबाहेक स्वास्थ्यको बजेटलाई बढाउन पनि हामीले काम गर्नुपर्नेछ ।’

वि.स २०४८ मा मेडिकल अधिकृत आठौं तहबाट सरकारी सेवा प्रवेश गरेकी स्त्रीरोग विशेषज्ञ सचिव चौधरीले यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक, परिवार स्वास्थ्य महाशाखा र परोपकार प्रसूति गृहको निर्देशकको भूमिका निर्वाह गरिसकेकी छन् ।

बिहीबारको मन्त्रिपरिषद्को बैठकले प्रमुख विशेषज्ञ डा.चौधरीलाई सचिवमा बढुवा गरेको थियो । रासस