Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


चितुवाको बच्चा मृत फेला


0
Shares

शुक्रबार बिहान जिल्लाको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेक सामुदायिक बनमा पासोमा परेर मरेको अवस्थामा चितुवाको बच्चा फेला परेको हो ।

शुक्रबार बिहान घाँस काट्न गएका स्थानीय महिलाले चितुवाको बच्चा मरेको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए ।

करिब डेढ वर्षको ४ फिट ७ इन्च लामो चितुवाको बच्चा बिहीबार राति नै मरेको हुनसक्ने जिल्ला बन कार्यालय बैतडीले जनाएको छ ।

बँदेल तथा अन्य जंगली जनावरको शिकारका लागि स्थानीयले थापेको पासोमा परेर चितुवाको बच्चा मरेको हुनसक्ने प्रहरीले जनाएको छ । तर, उक्त पासो कसले थापेको हो भन्नेबारे केही खुल्न नसकेको प्रहरीले बताएको छ ।