Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


पूर्वी जिल्लाहरुमा यसवर्ष धान उत्पादन नौं प्रतिशतले घट्यो


0
Shares

गत साउन–भदौको बाढीले बालिमा क्षति पु¥याउँदा यसवर्ष ९ प्रतिशतसम्म धान उत्पादन घटेको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ ।

गत वर्ष १६ लाख टनभन्दा बढी धान उत्पादन भएकोमा यसवर्ष करिब १५ लाख ६८ हजार मेट्रिकटन धान उत्पादन भएको छ ।

पूर्वमा करिब ४ लाख हेक्टर क्षेत्रफलमा धान खेती गरिंदै आएको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ ।