झापा । सरकारले आफुहरुको माग पूरा नगरेको भन्दै झापाका कुखुरापालक किसानले ‘चिक्स होलिडे’ सुरु गरेका छन् ।
विचौलियाका कारण किसान घाटामा गएको र लागतको मूल्य नपाउँदासमेत सरकारले कुनै चासो नदिएको भन्दै कुखुरापालक किसानले आन्दोलन सुरु गरेका हुन् ।
लागतअनुसारको मूल्य निर्धारण गरिनुपर्ने, विचौलियाको अन्त्य हुनुपर्ने आफुहरुको मागमा सम्बन्धित निकायले बेवास्ता गरेकाले बाध्य भएर आन्दोलन गर्नु परेको नेपाल कुखुरापालक किसान संघ बिर्तामोडका अध्यक्ष सौरभ प्रसाइले बताए ।
गुणस्तरहीन दाना, औषधि एवं चल्ला बिक्री वितरणमा रोक लगाउनुपर्ने, विचौलियाको बिगबिगीलाई हटाउन नीति बनाइनुपर्ने, दाना, चल्ला, औषधिको अनियन्त्रित मूल्यवृद्धिलाई नियन्त्रण गरिनुपर्ने साथै भारतबाट आयातित मासु र चल्लालाई रोक लगाउनुपर्ने लगायतका माग संघले राखेको छ ।
‘चिक्स होलिडे’ मा किसानले खोरमा चल्ला हाल्दैनन् र उत्पादन पनि बन्द गर्छन । अहिले देशका ६४ जिल्लाका किसानले ब्रोइलर कुखुरापालन गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्