२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु


0
Shares

चितवन, पुस २ । नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

काठमाडौंबाट भारतको चेन्नाइतर्फ जाँदै गरेको पिएन८८ए २३१६ नम्बरको ट्रकले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ठक्करबाट गम्भीर घाइते ती पुरुषको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुनसकेको छैन । 

सो ट्रकलाई पछाडिबाट आउँदै गरेको ना४ख २७२९ नम्बरको ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुवै ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना आज बिहान ३ बजे भएको हो । (रासस)