उसैपनि बजारको समस्याले थलिएका कृषक झन् किराको प्रकापमा परेपछि तनावमा परेका हुन् । इलामका धेरै किसानले अदुवा खेतीलाई जिविकोपार्जनको गतिलो माध्यम बनाउँदै आएका थिए ।
तर अहिले अदुवामा रोग लाग्न थालेपछि किसान चिन्तित बन्न थालेका हुन् । करोडौको लगानी गरेर व्यवसायिक अदुवा खेतीमा लागेका इलामका किसान अदुवामा देखा परेको रोगले मर्न थालेपछि निराश भएका छन् ।
अदुवा खेती गर्न थालेको २० वर्ष जती भए पनि यसवर्ष रोपेको अदुवाको बगान नै सखाप भएपछी किसान निराश बन्दे गएका हुन् ।
पहिचान नै हुन नससेको रोगले अदुवा मर्न थालेको र बिहु समेत जोगाउन नसकेको इलाम नगरपलिका १० का किसान जित बहादुर मगर बताउँछन् ।
पानी परेर घाम लागेपछि अदुवा पहेलो हुने र गानो कुहिने समस्याले अदुवाको व्यवसायिक खेतीमा लागेका सबै किसान निराश छन् । यस बर्ष केही पनि आम्दानी गर्न नसकेको इलाम गोदक की किसान सुकमाया राई बताउँछन् ।
इलाममा तीन हजार दुई सय ३३ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएको छ । निरन्तर एउटै बारीमा रोप्दा माटोमा अम्लियापना बढ्ने जिल्ला कृषि विकास कार्यालय इलामका प्राविधिक सहायक केशर बहादुर मंराती बताउँछन् ।
अदुवा खेती प्रवर्धनको लागी जिल्ला कृषि विकास कार्यालय इलामले गतवर्ष ४ लाख छुट्याएको थियो । तर अदुवा खेतीलाई जिविकोपार्जनको गतिलो माध्यम बनाएका किसानको बालीमा समस्या भने जस्ताको तस्तै छ ।
समस्या समाधानका लागी कार्यालयले यो वर्ष प्राविधिक पठाउने काम साथै कृशक पाठशाला कार्यक्रमको समेत आयोजना गरेको जिल्ला कृषि विकास कार्यालय इलामका योजना अधिकृत प्रकाश मणी काफ्लेले बताए ।
इलाममा प्रतिहेक्टर १४ मेट्रिक टन अदुवा उत्पादन हुने गरेको जिल्ला कृषि बिकास कार्यालयको तथ्याङ्क छ ।
व्यवसायीक खेतीमा जुटेका किसान रोगले बगान नै सखाप हुन थालेपछि खेतीबाटै विस्थापित हुने पो हो कि भन्ने चिन्ता बढ्न थालेको छ ।
नगदेबालीमा भविष्य देखेर अदुवा खेतीमा जुटेका किसानलाई निराश हुनबाट रोक्न सरकारी निकायले तत्काल सहयोग गर्नुपर्ने देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्