१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


रसुवा ४५ औं खुला दिसामुक्त जिल्ला घोषणा


0
Shares

जिल्लामा बसोबास गर्ने सम्पूर्ण घरमा अस्थायी तथा स्थायी शौचालय निर्माण भएर प्रयोगमा आएसँगै आइतबार रसुवालाई ४५ औं खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।

जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले आइतबार एक कार्यक्रमबिच जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरेको छ । समितिका अनुसार जिल्लामा रहेका पाँचओटा स्थानीय तहका २७ ओटै वडामा शौचालय निर्माण भएर प्रयोगमा आएकोले खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।

जिल्लामा रहेका ११ हजार ४३६ घरमध्ये ५९३ घरले साझा शौचालय प्रयोग गरिरहेका छन् भने बाँकी घरमा शौचालय निर्माण भएको छ ।