बोर्डको आइतबार सम्पन्न १९औं स्थापना दिवसको अवसर पारेर गरिएको कार्यक्रममा सन् २०१७ मा करिव १० लाख पर्यटकले नेपाल भ्रमण गरेकोे जनाएको हो । यो तथ्यांकमा भारतीय पर्यटकको संख्या भने समावेश नरहेको बोर्डले जनाएको छ ।
नेपालको पर्यटन व्यवसाय सिजनमा आधारित छ । अफ सिजनमा पनि पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिरहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले बताए ।
पर्यटन व्यवसाय मूल्य भन्दा सेवामा आधारित हुन सके पर्यटकको संख्यामा बृद्धि आउने दाबी बोर्डको छ ।









प्रतिक्रिया दिनुहोस्