Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


लैनचौर र ठिमीमा दुर्घटना, दुवै दुर्घटनामा एक/एकजनाको मृत्यु


0
Shares

मृत्यु हुनेमा बाग्लुङ घर भई हाल बोहोराटार बस्ने २५ वर्षीय साजन ठकुरी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका ठकुरीको उपचारको क्रममा बिहान सवा ५ बजे शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो ।

यस्तै आइतबार साँझ ६ बजे भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरमा बा४ख ९३९१ नम्बरको बसले बा५५प १०९८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामेछाप दोरम्बा–५ का २० वर्षीय देवेन्द्र खड्का रहेका छन् । घाईते खड्काको उपचारको क्रममा नागरिक अस्पताल गठ्ठाघरमा साँझ साढे ६ बजे मृत्यु भएको हो । दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ ।