काठमाडौं, पुस १ । साताको पहिलो दिन पूूँजी बजारमा दोहोरो अंकको सुधार आयो ।
आइतबार शेयर बजार परिसूचक नेप्से करिब १९ अंकले बढेर ११६७ अंकमा पुग्यो । यसदिन उत्पादनमुलक समूहबाहेक अरु कारोबार भएका सबै समूहमा बृद्धि आयो । निर्जीवन बिमा समूह सबैभन्दा उच्च १६७ अंकले बढ्यो ।
यस्तै जीवन बिमा समूह १३३ अंकले, लघुवित्त ३७ अंकले, होटल ३० हंकले बढ्यो भने वाणिज्य बैंक समूहमा पनि १७ अंकको सुधार आयो ।
यसदिन कारोबार परिमाणमा पनि उच्च सुधार आयो । १५९ कम्पनीको १४ लाख कित्ता शेयर ४७ करोड ४२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यसैबीच, हालसम्म ३ सय ७२ जनाले अनलाईन कारोबारका लागि अनुमति पाएका छन् भने ५० जना लगानीकर्ताहरुले आफ्नो युजर नेमबाट कारोबार सुरु गरेको नेप्सेले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्