३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


कैदमुक्त भए पनि पुनः जेलभित्रै राख्न माग गर्दै एक वृद्ध


0
Shares

जबर्जस्ती करणी अभियोगमा ८ वर्षको कैद सजाय भुक्तान गरेर एक हप्ताअघि विराटनगर कारागारबाट कैदमुक्त भएका नरबहादुर भुजेल नाम बताउने ७३ वर्षीय बृद्ध आफन्तले बेवास्ता गर्दा अलपत्र परेका हुन् ।

मोरङको तल्कालीन हरैचा गाविस वडा नम्बर १ घर बताउने ७३ वर्षीय बृद्ध सुस्त मनस्थितिका छन् । आफन्त धरानमा रहेको बताउने उनी विगत एक हप्तादेखि मोरङ कारागारबाहिर आफन्त लिन आउने आसमा कुरेर बसिरहेका छन् ।

कैदमुक्त भएपछि उनी आफन्तलाई खोज्दै धरान गएका थिए । तर, धरानको पहिला बसेको ठाउँमा आफन्त नभेटिएपछि उनी फर्किएर फेरि कारागारमै आएका हुन् । आफन्त कोही लिन नआएपछि बृद्धले आफूलाई पुनः कारागारभित्रै राखिदिन जेल प्रशासनलाई आग्रह गर्दै आएका छन् । –नयाँ पत्रिका दैनिकबाट