२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


रसुवाका ७० प्रतिशत भूकम्प पीडितको नीजि आवास निर्माण सकियो


0
Shares

रसुवा । रसुवाका ७० प्रतिशत भूकम्प पीडितले नीजि आवास निर्माण सम्पन्न गरेका छन् ।

१२ हजार ४ सय ९० लाभग्राहीमध्ये ८ हजार ७ सय ६८ जनाले नीजि आवास निर्माण सम्पन्न गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रसुवाले जनाएको छ ।

सरकारले समय सिमा तोकेपछि लाभग्राहीहरु नीजि आवास निर्माणमा जुटेका हुन् ।

विगतमा निर्माण सामग्रीको अभाव तथा भौगोलिक विकटताका कारण निर्माण हुन नसकेका नीजि आवासहरु पनि अहिले गाउँगाउँमा ग्रामीण सडकको पहुँच पुगेपछि निर्माणले गति लिएको हो ।

भूकम्प गएको ४३ महिनामा रसुवा जिल्लामा करिब ७० प्रतिशत लाभग्राहीले तेस्रो किस्ता बुझेका छन् भने ८२ प्रतिशतले दोस्रो किस्ता लिइसकेका छन् ।