२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


औद्योगिक प्रदर्शनीको ७५ हजारजनाद्वारा अवलोकन


0
Shares

विहीबारदेखि भएको प्रदर्शनीमा उत्साहजनक सहभागिता रहेको आयोजक फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनले जनाएको हो ।

ब्रान्ड प्रवद्र्वनको उद्देश्यका साथ भएको प्रदर्शनीको ७५ हजार सर्वसाधारणले अवलोकन गरेको र प्रदर्शनी लक्ष्यअनुसार सफल भएको संयोजक नयनराज घिमिरेले बताए ।

प्रदर्शनीमा स्वदेशी छालाजुत्ता तथा वस्तु उत्पादकहरुको सहभागिता रहेको थियो । प्रदर्शनीमा मुख्यतः नेपाली छालाजुत्ता, ज्याकेट, ब्याग र चप्पलका स्टल रहेका थिए ।

प्रदर्शनीको मुख्य आकर्षण भने स्वदेशमै गरिएको रबरखेती एवं उत्पादन तथा अपांगमैत्री जुत्ता उत्पादन रहेका थिए ।