२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


वित्तीय संस्थालाई निक्षेप संकलनपछिमात्र कर्जा प्रहाव गर्न निर्देशन


0
Shares

मंगलबार राजधानीमा ग्लोबल आइएमई बैंकको ११औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा गर्भनर नेपालले निक्षेप संकलनका आधारमा कर्जा प्रवाह गर्न सुझाव दिएका हुन् ।

हाल बजारमा कर्जा विस्तार ७ प्रतिशत रहेको छ भने निक्षेप संकलन ४.५ प्रतिशतमात्र रहेको छ । जसअनुसार बजारमा ६ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने १६० अर्ब कर्जा प्रवाह गरिएको गर्भनर नेपालले उल्लेख गरे ।

यसलाई सन्तुलनमा राख्न राष्ट्र बैंक कडा कदम चाल्न पनि तयार रहेको गर्भनर नेपालको भनाइ छ ।

राष्ट्र बैंकमा नेपाल सरकारको १२८ अर्ब मौज्दात रहेको गर्भनर नेपालले बताए ।

नेपाल सरकारको मौज्दातलाई उपयोग गर्नका लागि राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच सल्लाह भइरहेको गर्भनर नेपालले जानकारी दिए ।

वार्षिकोत्सवका अवसरमा ग्लोबल आइएमई बैंकले कमलादीमा स्थापना गरेको कर्पोरेट तथा रजिष्र्टड कार्यालय भवनको गभर्नर नेपालले उद्घाटन गरे ।

पछिल्लो समय विभिन्न स्थानमा पाँच शाखा थप गरेसँगै बैंकको कुल शाखा ११३ पुगेको पनि बैंकले जनाएको छ ।