
सर्वोच्चको आदेशअनुसार पुस ५ मा आरोपित नखुलाई सरकारी दस्तखत छाप किर्तेमा जाहेरी दर्ता गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाललाई पक्राउ गर्न पत्र काटेपछि सिलवाल किर्ते अनुसन्धानमा जोडिएका हुन् ।
किर्ते अनुसन्धानको नेतृत्व गरिरहेका काठमाडौं परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले अनुसन्धानको सिलसिलामा बुझ्नुपर्ने भएकाले सिलवाललाई पक्राउ गरी बुझाउन ललितपुर परिसरमा पत्र पठाएको पुष्टि गरे ।
‘सरकारी दस्तखत छाप किर्तेमा अनुसन्धानका लागि बुझ्नुपर्ने भएकाले सिलवालको स्थायी बसोबास रहेको जिल्लामा पक्राउ गरी बुझाउन पत्र पठाएका हौं,’ उनले भने । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्