
पूर्वराजा शाहले शिवपुरी उत्तररामेश्वर धाममा रहेको १०८ फिट अग्लो शिवलिंग, नेपाल आमाको मूर्तिलगायतमा पूजा गरेका थिए ।
पूजापाठपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यहाँ आएर पूजा गर्न पाएकोमा खुसी लागेको बताए ।
पूर्वराजा शाह धनगढी आउने जानकारी पाएपछि उनलाई स्वागत गर्न सयौंको संख्यामा समर्थक–शुभेच्छुक सडकमा आएका थिए ।
उनीहरुले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’जस्ता नारा लगाएका थिए ।
सोक्रममा यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । नेपालगन्जबाट यहाँ आएका उनी बुधबारै नेपालगन्ज फर्कनेछन् ।
नेपालगन्जबाट डोटीको प्रसिद्ध धार्मिकस्थल शैलेश्वरी दर्शनका लागि जाने कार्यक्रम रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्