
प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले बुधबार प्रदेश ‘क’मा निर्वाचनका समयमा प्रयोग भएका मुलुल्का र मतपत्र झिकाउने आदेश दिएको हो ।
यसअघि, पुस ७ गतेको सुनुवाइमा आजका लागि संवैधानिक इजलासले निर्वाचन आयोग र उम्मेदवार दुवैलाई छलफलका लागि बोलाएको थियो ।
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले तनहुँमा मतगणनाकाक्रममा धाँधली भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
सो प्रदेशमा पौडेलका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार तथा बिनाविभागीय मन्त्री आशा कोइराला पाँच मतको अन्तरले विजयी भएकी थिइन् ।
त्यसैगरी, धनुषा क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभाका उम्मेदवार रामसिंह यादवले निर्वाचन आचारसंहिताविपरीत धाँधलीपूर्ण तरिकाले निर्वाचनको दिन नै सन्चारमाध्यममा प्रचार गराएको भन्ने मुद्दामा संवैधानिक इजलासले सन्चारमाध्यममा प्रयोग भएको समाचार र विज्ञापन इजलासमा झिकाउन आदेश दिएको छ ।
यादवले धाँधलीपूर्ण तरिकाले मतदान भएको हुँदा सो क्षेत्रको निर्वाचन नै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सो मुद्दाको सुनुवाइपछि बुधबार यस्तो आदेश दिइएको हो । रासस
प्रतिक्रिया दिनुहोस्