मृत्यु हुनेमा दैनिक मजदुरी गरेर जीवनयापन गर्दै आएका छिन्नमस्ता गाउँपालिका वडा नम्बर–१ वीरपुरका ३६ वर्षीय कुल्दीप राय र सोही वडाअन्तर्गत् वरहीटोलका ३५ वर्षीय रामदयाल राम छन् ।
तीन दिनयता बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरका कारण चिसो बढेसँगै उनीहरुको कठ्यांग्रिएर मृत्यु भएको हो ।
रामदयालको सोमबार र कुल्दीपको मंगलबार मृत्यु भएको प्रहरीले बुधबार पुष्टि गरेको जनाइएको छ ।
जिल्लामा शीतलहर र हुस्सु बढेसँगै सर्वसाधारणको जनजीवन निकै कस्टकर बनेको छ ।










प्रतिक्रिया दिनुहोस्