२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


उत्तर र दक्षिण कोरियाबीच दुई वर्षपछि हटलाइन टेलिफोन सुरु


0
Shares

दक्षिण कोरियाले उत्तर कोरियाबाट बुधबार फोन आएको बताउँदै यसको पुष्टि गरेको हो ।

हटलाइन पुनः सुरु गरिनुलाई महत्वपूर्ण भन्दै दक्षिण कोरियाले यसले संवादको राम्रो वातावरण सिर्जना गरेको जनाएको छ । उत्तर कोरियाका अधिकारीले भने टेलिभिजनमा यसको घोषणा गरेको थिए ।

उत्तर कोरियाका नेता किम जोङ उनले नयाँवर्षको सन्देशमा दक्षिणसँग वार्ताका लाागि खुला रहेको र अर्को महिना त्यहाँ हुने शीतकालीन ओलम्पिकका लागि टोली पठाउने बताएका थिए ।

शत्रुतापूर्ण सम्बन्ध रहेका दुई कोरियाबीच सन् २०१५ को डिसेम्बरयता उच्चस्तरीय वार्ता हुन सकेको छैन । (एजेन्सी)