२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पूर्व सल्लाहकार स्टिभ बेननले जागिरसँगै होस पनि गुमाएको राष्ट्रपति ट्रम्पको आरोप


0
Shares

बेनन्ले अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपका बारेमा पत्रकार माइकल बुल्फको कितावमा उल्लेख गरेका कुरालाई लिएर राष्ट्रपति ट्रम्प आक्रोसित बनेका हुन् ।

बेनन्ले हिलारी क्लिन्टनका बारेमा डोनाल्ड ट्रम्पका छोरालाई रुसी अधिकारीले सन् २०१६ को जुनमा भएको भेटमा जानकारी दिएको बताएका थिए ।

रुसी अधिकारीसँगको ट्रम्प जुनियरको भेट गैरकानुनी रहेको बेनन्ले पुस्तकमा बताएका थिए ।

ट्रम्पले वक्तव्य जारी गरेर बेनन्को आरोपको खण्डन गर्दै बेनन र आफ्नो राष्ट्रपति चुनावमा उम्मेदवारीबीच कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् ।

तर सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा ट्रम्पलाई जिताउन बेनन्को महत्वपूर्ण हात रहेको अमेरिकी सञ्चारमाध्यम तथा विश्लेषकले बताउने गरेका छन् ।

ट्रम्पले चुनाव जितेपछि पनि बेनन् ह्वाइटहाउसको सल्लाहकार तथा सहयोगको रुपमा रहेका थिए ।

प्रमुख रणनीतिक सल्लाहकारको रुपमा रहेका बेननलाई राष्ट्रपति ट्रम्पले गएको अगस्टमा बर्खास्त गरेका थिए ।

बर्खास्त गर्ने बेलामा ट्रम्पले बेननलाई धन्यवाद दिँदै आफ्नो चुनावी अभियानमा ठूलो सहयोग गरेको बताएका थिए ।

बेनन्ले आफ्नो जितमा निकै कम मात्रै काम गरेको ट्रम्पको आरोप छ ।