२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


नयाँ बसपार्कमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


0
Shares

मृत्यु हुनेमा लम्जुङको पुरानोकोट–४ का २६ वर्षीय प्रेम बहादुर गुरुङ रहेका छन् । प्रहरीका अनुसार गएराती साँढे ११ बजे बालाजुबाट बनस्थलीतर्फ जाँदै गरेको बा८४प ६०१५ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहेका गुरुङलाई ठक्कर दिएको थियो ।

गुरुङको उपचारको क्रममा गएराती साढे २ बजे मृत्यु भएको हो । दुर्घटना पश्चात फरार रहेका मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरी वृत बालाजुले जनाएको छ ।