
काठमाडौं, मंसिर २९ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले देशमा उद्यमशीलताको सोचाइ नै नआएको बताएका छन् ।
उद्यमशीलताको सोचाइ नहुँदा मुलुक पछि परेको उनको भनाइ छ ।
‘असल अर्थशास्त्र’ पुस्तकको शनिबार राजधानीमा विमोचन गर्दै गभर्नर नेपालले उद्यमशीलतातर्फभन्दा जागिर खानेतर्फमात्र युवाको सोच गएको बताए ।
युवाहरुमा उद्यमशीलताको सोचाइ नआएसम्म देश विकास हुन नसक्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्