१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


निर्माणाधीन झोलुंगेपुल ठेकेदारको लापरबाहीले अलपत्र


0
Shares

वि.सं. २०७० साल भदौमा शिलान्यास गरिएको पुल दुई वर्षभित्रमा सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सम्झौताबमोजिम ठेकेदारले काम नगर्दा पुल अलपत्र परेको हो ।

चौदन्डीगढी नगरपालिका–१ को छुइला र बराहापोखरी–१ को वंशीला जोड्ने पुल बनाउन ल्याइएका फलामे सामग्री वर्षौंदेखि नदी किनारमा थुपारिएको छ ।

नदीका दुवैतर्फ सडक निर्माण भएपनि पुल नहुँदा स्थानीयवासी डुंगाको सहयोगमा मालसामान वारपार गराउन बाध्य छन् ।

झोलुंगेपुल समयमै निर्माण नभएका विषयमा खोटाङ जिल्ला समन्वय समितिलेसमेत अनविज्ञता जनाएको छ ।