Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


इरानी आन्दोलनमा हस्तक्षेप नगर्न अमेरिकालाई रुसको चेतावनी


0
Shares

बिहीबार रुसी उपविदेशमन्त्री सर्गेइ र्‍याबकोभले राज्य सन्चालित समाचार संस्था ताससँगको कुराकानीमा अमेरिकाले मूल्यवृद्धिविरुद्ध भएको आन्दोलनलाई चर्काइदिएर इरानलाई नयाँ विवादमा फसाएर इरानसँग विश्वका शक्तिशाली राष्ट्रहरूको अगुवाईमा सन् २०१५ मा गरिएको आणविक सम्झौतालाई छाँयामा पार्न चाहेको उनको दाबी रहेको छ ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बुधबार एक सार्वजनिक समारोहमा अमेरिकाले दीर्घकालिन सम्भौता गर्न चाहेको बताएको प्रसँगलाई लिएर रुसी कुटनीतिज्ञको यो भनाइ आएको हो ।

‘हामीले अमेरिकालाई इस्लामिक गण्तन्त्र इरानको आन्तरिक मामिलामा हस्तक्षेपकारी भूमिका खेल्ने प्रयास नगर्न सचेत गराउन चाहन्छौ,’ र्‍याबकोभले भने ।

चीन, फ्रान्स, जर्मनी, रसिया, संयुक्त अधिराज्य (बेलायत) र संयुक्त राज्य अमेरिकाको पहलमा इरानसँग आणविक सम्झौता भएको थियो । आणविक हतियारसम्बन्धि संयुक्त बृहद् कार्ययोजनासहित १० वर्षसम्म यूरेनियमको विकासलाई विस्तार नगर्ने सहमति भएको थियो । (रासस/सिन्ह्वा)