
काठमाडौं, मंसिर २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटको दुप्चेश्वरमा शुक्रबार राति भएको मिनिट्रक दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
ट्वीटमार्फत् उनले शोक-सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
दुर्घटनामा २० जनाको मृत्यु भएको थियो भने १५ घाइते भएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्