१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


रुपन्देहीमा गोली हानेर एकजनाको हत्या


0
Shares

गोली लागेर स्थानीय बलु पौडेल मारिएका हुन् । टाउको र छातीमा गरी दुई गोली लागेको पौडेलको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार हुँदै गर्दा निधन भएको हो ।

पौडेल एमालेका नेता नीलकण्ठ पौडेलका छोरा हुन् । गोली हान्ने ब्यक्ति मोटरसाइकलमा आएको र गोली हानेर रोहिनी खोलातिर भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

गोली हान्नेको पहिचान भएको छैन । प्रहरीले गोली हान्नेको खोजी जारी राखेको छ ।