२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मेस्सीविना मैदानमा उत्रिएको बार्सिलोना बराबरीमा रोकियो


0
Shares

प्रिक्वाटरफाईनल पहिलो लेगको खेलमा बार्सिलोना १–१ गोलको बराबरीमा रोकिएको हो । दुबै टिमले पहिलो हाफमा १–१ गोल गरे पनि दोस्रो हाफमा गोल थप्न सकेनन् ।

१५ औँ मिनेटमा जोसे अनाईजले गोल गर्दै बार्सालाई अग्रता दिएका थिए । तर ३१ औं मिनेटमा सेल्टा भिगोका पियोनी सिस्टोले एक गोल गरेपछि खेल बराबरीमा पुगेको हो ।

यो खेलमा बार्सिलोनाका चर्चित खेलाडी लियोनल मेस्सी तथा लुइस स्वारेज खेलेका थिएनन् ।

स्पेनिस कोपा डेल रे अनुसार गएराति भएका अरु खेलमा लेगानेजले भिल्लारियललाई १–० ले तथा लेभान्टेले इस्पानियोललाई २–१ ले हराएका छन् ।