काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दै छ ।
पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजेपछि बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रस्ताव पेश गर्नेछन् ।
त्यसैगरी महासचिव विष्णु पौडेलले संगठनात्मक प्रतिवेदन पेश गर्ने तयारी छ ।
पार्टी अध्यक्षका तर्फबाट राष्ट्रिय/अन्तर्राष्ट्रिय पछिल्लो राजनीतिक अवथा र पार्टीको दृष्टिकोण समेटिएको राजनीतिक दस्तावेज पेश हुने बताइएको छ ।
राजनीतिक प्रतिवेदनमा पार्टी एकतापछि अहिलेसम्मको अवस्थाको समीक्षाका साथै सरकारका कामहरुका बारेमा पनि समीक्षा गरिएको छ ।
बैठकको सुरुमै दुवै अध्यक्षले सम्बोधन गर्ने र राजनीतिक प्रतिवेदन पेश गर्दै सदस्यहरुलाई उपलब्ध गराउने तयारी भएको छ ।
केही दिनसम्म चल्ने बैठकले पार्टीको राजनीतिक र सांगठनिक प्रतिवेदन पारित गर्दै पार्टी एकीकरणको बाँकी काम टुंगो लगाउने बताइएको छ ।
बैठकमा पार्टी र सरकार सञ्चलनको कार्यशैलीप्रति स्थायी कमिटी सदस्यहरुको चर्को विरोध आउने सम्भावना रहेको छ ।
त्यसैले नेकपाका कतिपय नेताले यो बैठकलाई समीक्षा बैठकको रुपमा समेत व्याख्या गरेका छन् ।
यसअघि नेकपाको सचिवालय बैठकमा पनि नेताहरुबीच मनमुटाव देखिएको थियो ।









प्रतिक्रिया दिनुहोस्