कैलाली । आन्तरिक राजस्व कार्यालय धनगढीले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा लक्ष्यभन्दा २० दशमलव ५७ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
९५ करोड २० लाख रुपैंयाँ राजश्व संकलनको लक्ष्य राखेको कार्यालयले १ अर्ब १४ करोड ७८ लाख १३ हजार रुपैंयाँ संकलन गरेको प्रमुख कर अधिकृत गोविन्दप्रसाद अधिकारीले जानकारी दिए ।
प्रथम चौमासिकको ३ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन भए पनि कात्तिकमा भने लक्ष्य हासिल भएको थिएन ।
कात्तिकमा २१ करोड ५ लाख ९१ हजार रुपैंयाँ राजस्व संकलन गर्नेे लक्ष्य भए पनि २० करोड ३२ लाख रुपियाँ मात्रै उठेको कार्यालयले जनाएको छ ।
प्रथम चौमासिकमा आयकरबाट ३४ करोड ९८ लाख ८३ हजार रुपैंयाँ ब्याजकरबाट १ करोड ४६ लाख ५२ हजार, मूल्य अभिवृद्धिकरबाट ३० करोड ७३ लाख ३० हजार रुपैंयाँ राजस्व संकलन भएको छ ।
यसैगरी, अन्तःशुल्कबाट ४५ करोड ९३ लाख १४ हजार रुपियाँ राजस्व संकलन गरिएको छ ।
स्वास्थ्य र शिक्षा सेवा कर हटाइए पनि गत आर्थिक वर्ष २०७४/७५ को बक्यौता चालू आर्थिक वर्षमा बुझेको जनाइएको छ ।
स्वास्थ्य सेवा करबाट १ करोड ३९ लाख ६७ हजार र शिक्षा सेवा करबाट २६ लाख ६७ हजार रुपियाँ राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालयले जानकारी दिएको छ ।
चालू आर्थिक वर्षमा सो कार्यालयलाई ३ अर्ब २४ करोड २० लाख ३८ हजार राजस्व संकलनको लक्ष्य दिइएको छ ।









प्रतिक्रिया दिनुहोस्