१ असार २०८२, आइतबार | Sun Jun 15 2025


चारा घोटालाका दोषी लालुलाई साढे तीन वर्षको जेल सजाय


0
Shares

सीबीआइको विशेष अदालतले शनिबार भिडियो कन्फ्रेन्समार्फत चारा घोटालाका दोषि लालु यादवलाई साढे तीन वर्षको जेल सजाय सुनाएको हो । साथै, उनलाई जेल सजायसँगै पाँच लाख रुपैयाँ जरिवानासमेत तोकिएको छ ।

गत पुस ८ गते सीबीआइको विशेष अदालतले लालु यादवलाई चारा घोटालामा दोषी ठहर गरेपछि अदालत परिसरबाटै प्रहरीले उनलाई हिरासतमा लिई राँचीस्थित बिरसा मुन्डा जेल चलान गरिएको थियो ।

सन् १९९० देखि १९९४ बीचमा देवघर कोषगारबाट पशुलाई उपलब्ध गराइने दानामा ८९ लाख २७ हजार भारतीय रुपैयाँ अवैध ढंगले निकालेको आरोप यादवमाथि लागेको थियो । त्यस समय उनी बिहारका मुख्यमन्त्री थिए । अहिले यस घोटालामा करिब ९ अर्ब ५० करोड भारतीय रुपैयाँ हिनामिना भएको सीबीआइले उल्लेख गरेको छ ।

सन् १९९७ अक्टोबर २७ मा सीबीआइले लालुसहित ३८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । तर, सुनुवाइकै क्रममा ११ जनाको मृत्यु भैसकेको छ । उनीहरु माथि नक्कली औषधि र पशुको दानामा ९ सय करोड भ्रष्टाचार गरेको आरोप तय गरिएको थियो ।

चारा घोटालामा विहार राज्यका पशुपालन अधिकारी र ठेकेदारको पनि संलग्नता रहेको थियो । एजेन्सी